Aamsanchar

विकासको बिषयमा खोकनाका किसान र प्रहरी बीच झडप

Author Image
शनिवार, असार २०, २०७७

काठमाडौं । ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरी बीच भएको झडपमा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए।

उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। त्यसपछी थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको थियो ।  स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् ।

फोटो : लक्ष्मीप्रसाद नगाखुसीको फेसबुकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर