

सफलता संघर्षपछि मात्र मिल्ने कुरा हो , बिना संघर्ष कुनै पनि सफलता मिल्न नसक्ने कुरामा कुनै दुईमत छैन । यस्ता छन् जीवन बदल्ने सफलताका १५ सूत्र। भनिन्छ संघर्षको फल मिठो पनि हुन्छ । तर संघर्ष गर्नु त्यति सहज भने छैन ।
सफलताका बारेमा धेरैले आ–आफ्ना मत राखेका छन् । तर विश्वमा सफल बनिसकेका व्यक्तीहरुले अवलम्बन गरेका सफलता सम्बन्धी यी १५ सूत्र यस्ता छन ।
जीवन बदल्ने सफलताका १५ सूत्र
१, आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधैँ त्यसमा कटिबद्ध भएर लाग्नुहोस् ।

२, डरलाई सधैभरि जित्नुहोस् ।
३, म सफल बन्दिन, यो काम गर्न सक्दिन, म मा खुबी, क्षमता र दक्षता छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखि हटाउनु होस् ।
४, धैर्यशील रहनुहोस्, एक रातमै सफल हुन असम्भव छ भन्ने कुरा बुझ्नुहोस् र लगातारको मिहेनतले नै सफलता पाइन्छ भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
गौतम बुद्धका सुखी बन्ने सूत्र !
१, धेरै सोचेर योजना गरेर नबस्नुहोस्, कुनै काम गर्नु छ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् ।
२, सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो ।
३, केहि ठूलो पाउन सानो कुरा गुमाउनै पर्दछ भनेर नडराउनुहोस् ।
४, अनावश्येक घुमघाम र खराब बानीमा लत नलगाउनुहोस् ।
५, सधै खुल्ला सोच राख्नुहोस् ।
६, जीवनमा सफलता पाउन धेरै बाटोहरु रहेको तथ्य नबिर्सिनुहोस् ।
७, आफू सहि बाटोमा छु कि छैन भनेर सधै सचेत रहनु होस् ।
८, यदि गलत बाटोमा हुनुहुन्छ भने जति मिहेनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केहि महत्व राख्दैन ।
यस्ता छन् रिस नियन्त्रण गर्ने उपायहरु
१, लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकि छ भन्दा पनि कति बाटो हिडिसकेँ भनेर सधैभरि ख्याल गर्नुहोस्, किनभने त्यसले एकतर्फ आफूले गरेको मिहेनत सम्झाउँछ भने अर्कोतिर लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
२, मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्दछ, त्यसैले आफूसँग भएको पैसा उचित ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
३, सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुसँग मात्र बस्नुहोस् ।



