बिर्तामोड । झापामा पिसिआर ल्याब स्थापना गर्ने कार्यसमय अन्तिम चरणमा पुगेको छ । यही साउन १ गते सम्ममा ल्याव स्थापना गर्ने घोषणा केही दिन अघिनै भईसकेको छ । घोषणाको मिति नजिकिदै गर्दा व्यवस्थापनको काम पनि धमाधम भईरहेको छ । कनकाईको कर्मयोग भवनमा ल्याव स्थापनाको लागि अभियन संग मुख्य साँझेदार संस्थाको रुपमा एकका लागि एक अभियान सहित ४ क्षेत्र र निकायको सहभागिता रहेको छ, त्यसैगरी सयौं संघ संस्था र व्यक्तीहरु पनि जोडिईएका छन, अझैे जोडिनेक्रम पनि बढिरहेको छ । एकका लागि एक अभियान, कनकाई नगरपालिका, अन्तराष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ झापा मुख्य साँझेदार संस्था तथा निकाय हुँन ।
अन्तराष्ट्रिय झापाली समाजले प्रतिवद्धता गरेको २५ लाख रकममा १९ लाख भन्दा धेरै रकम संकलन भईसकेको र केही दिनमै २५ लाख पुर्याएर अभियानलाई हस्तान्तण गर्ने जानकारी प्राप्त भएको छ । त्यसैगरी कनकाई नगरपालिकाले पनि २५ लाख बजेट नै छुट्याएको नगरप्रमुखले एक हप्ता अघिनै जानकारी दिईसकेका छन । अर्को साँझेदार संस्था जिल्ला सहकारी संघले पनि २५ लाख रकमको घोषणा गरेको छ । संघले पनि आफ्नो तर्फबाट घोषणा गरेको रकम जम्मा गर्ने कामलाई तिब्रता दिएको छ, सोही क्रममा झापा जिल्ला सहकारी संघमार्फत बिहीबार ३ लाख २ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि संघमार्फत रकम संकलन सुरु गरिएको थियो । दाताहरु रकम हस्तान्तरण गर्न उत्साही पनि देखिएका छन् ।
एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई झापा बिर्तामोडका तीनवटा सहकारी संस्थाले नगद हस्तान्तरण गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा हाम्रो नेपाल साकोसले एक लाख एक हजार, पब्लिक साकोसले एक लाख एक हजार र सिम्रिक साकोसले एक लाख हस्तान्तरण गरे ।
हाम्रो नेपालको तर्फबाट अध्यक्ष भवानी दंगाल, सिम्रिकको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराई तथा पब्लिकको तर्फबाट अध्यक्ष प्रमिला गौतमले अभियानका सहसंयोजक विनोद बस्नेतलाई चेक हस्तान्तरण गरे ।
संघका झापा अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव भवानी दंगालले स्वागत गरेका थिए । अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए भने नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।
यही कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासंघले ल्याबका लागि २५ हजार रुपैयाँ प्रदान गरेको छ । महासंघका महासचिव सुवास भट्टराईले अभियानलाई नगद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अभियानका सदस्यहरु यज्ञराज ओली, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, मिजास पोखरेल, सञ्जीव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
अभियानको कोषमा एक करोड रुपैयाँ जम्मा भइसकेको छ ।