Aamsanchar

भारु नक्कली नोट कारोवारको अभियोगमा सुरुंगाबाट तिन जना पक्राउ

Author Image
आइतवार, असार २८, २०७७

प्रतिकात्मक तस्वीर

झापा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट भारु  नक्कली नोट सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका–५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिकाका सुनचाँदी व्यवसायी मौसम श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई  भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपियाँसहित पक्राउ गरेको हो ।

कनकाई नगरपालिकाका–४ का खुसिल मियाँले उक्त रकम सुनचाँदी व्यवसायी श्रेष्ठलाई बैङ्कले भारु पैसा लिन मानेन भन्दै  नेपाली रुपियाँ साटेका थिए । श्रेष्ठले अर्का व्यावसायीलाई उक्त नक्कली रकम दिएको प्रहरीले बताएको छ । ती व्याक्तिले भारु पैसा लिएर बिमा रकमको भुक्तानी दिन जाँदा उक्त रकम नक्कली भएको खुलेको थियो ।

खुसिल मियाँले उक्त रकम झापा गाउँपालिकाका बस्ने एराजुल मियाँबाट लिएको भनेपछि प्रहरीले उनलाई समेत शनिबार साँझ आफ्नै घरबाट पक्राउ गरेको हो । हाल प्रहरीले नियन्त्रणमा लिएका तिनै जनालाई म्याद थप्ने तयारी गरिरहेको र प्रहरीले नक्कली नोटको कारोबारीका लागि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी मुकुन्द रिजाल जानकारी दिएका छन ।

ने पछिल्लो समय एकै स्थानबाट ठूलो परिणामको भारतीय नक्कली नोट फेला पार्नु र यी नोट नेपाल भारत सीमा क्षेत्रमै घर भएका नागरिकबाट फेला परेपछि ठूलो भारतीय गिरोह नक्कली नोटको कारोबारमा संग्लन भएको आङ्शका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर