Aamsanchar

अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

Author Image
आइतवार, असार २८, २०७७

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ ।

नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेल, नगर उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।

कार्यक्रममा खुदुनाबारी स्वास्थ चैकी,शनिश्चरे प्रथामीक स्वास्थ केन्द्र र अर्जुनधारा स्वास्थ चैकीलाई पूर्ण खोप सुनिश्चितकालागि सघाउ पुर्याएको भन्दै सम्मान गरिएको थियो । साथै नगरका ११ वटै वडा कार्यलयलाई सम्मान पत्र हस्तान्त्रण गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर