चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड– १ स्थित ढकाल परिवारद्वारा अभियानलाई ५० हजार १ सय १ रुपैया प्रदान भएको छ ।
श्रीमती शिला ढकालको जन्मोउत्सवको दिनमा बुधबार अभियन्ताहरुलाई घरमै बोलाएर श्रीमान मोहन ढकालले उक्त रकम हस्तान्तरण गराएका थिए ।
सनातन धर्म संस्कार अनुसार आफूजन्मेको शुभतिथीमा सकेको केही राम्रो काम गरेर मनाउने पुरानो प्रचलन रहिआएको छ, धार्मिक ग्रन्थहरुमा पनि उल्लेख छ । तर पछिल्लो दशकएता जन्मोउत्सव मनाउने पस्चिमी संस्कार अनुशरण गर्दा भड्किलो, अनाआवसेक खर्चिलो बन्न थालेको अवस्थामा शुभ र खुशीको पललाई समाज प्रति सर्मपित गर्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने संदेश दिने अभिप्रायले अभियानका लागि रकम हस्तान्तरण गर्न पाएको भन्दै शिला ढकालले खुशी व्यक्त गरेकी थिइन् ।
रकम हस्तान्तरणमा ढकाल दम्पतीका छोराबुहारी मनुश्वी ढकाल, चेतना ढकाल, अभियनको तर्फवाट अभियानका सहसंयोजक विनोद बस्नेत, अभियन्ताहरु अर्जुन चुडाल, एकराज गिरीको सहभागिता रहेको थियो ।