विर्तामोड। रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको आयोजनामा बिर्तामोड–१० विराटपोखरस्थित लक्ष्मीनारायण प्राविमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनको छैठौं चाटर्ड डे को अवसर पारेर विद्यालय परिसरमा वृक्षरोपण गरिएको हो ।
रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसीडेन्ट प्रकृति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसीडेन्ट प्रशान्त भण्डारीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले २०७२ सालदेखि लक्ष्मीनारायण प्राविमा ह्याप्पी स्कूल कार्यक्रम सञ्चालन गरेको बताईएको छ ।
ह्याप्पी स्कूल कार्यक्रम अन्तर्गत विद्यालयमा रंगरोगन, कक्षाकोठाको व्यवस्थापन, शौचालय, खाजाघरको निर्माण, शुद्ध खानेपानीको व्यवस्था, कम्प्युटर ल्याव, प्रोजेक्टरको व्यवस्था, लाइब्रेरीको व्यवस्था गरिएको र समय समयमा विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री प्रदान गरिएको उनले अध्यक्ष न्यौपानेले बताईन ।
बिर्तामोड–१० बिराटपोखरमा २०५६ सालमा स्थापना भएको लक्ष्मीनारायण प्राविमा विपन्न वर्गका एक सय ९० जना विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका शिक्षक जनकबहादुर थापाले बताए ।
२०७२ सालमा आएको विनासकारी भूकम्पले विद्यालयको भौतिक संरचना क्षति पुर्याएपछि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले भूकम्पबाट क्षति पुगेको लक्ष्मीनारायण प्राविको भौतिक संरचना निर्माणका लागि नगद ५० हजार उपलब्ध गराएको उनले बताए ।