बिर्तामोड । रेडजोनमा रहेको झापामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या घटेको भन्नेभान परिरहेको अवस्थामा झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
सिमा क्षेत्रमा खटिएका १७ जना पुरुष र एक जना महिला सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले बताए।
त्यसैगरि झापाका बाह्रदशी झापा गाउँपालिकाकामा ३–३ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। विर्तामोड नगरपालिकाका एकजना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 246