Aamsanchar

समाचार

लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । विद्युत्को […]

बिहिवार, साउन २०, २०७३

इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ । क्यानडा पठाइदिने भन्दै १८ जनालाई ठगी गर्ने ब्राइट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक रामप्रसाद खनाललाई महानगरीय अपराध महाशाखा, काठमाडौँले पक्राउ गरेको छ । कन्सल्टेन्सी सञ्चालक खनालले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र […]

बुधवार, साउन १९, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी । झापाको शिवसताक्ष–७ की कल्पना चौधरीले आफ्नो लोग्ने हरिदेव चौधरीको शवसाग सिन्दुर पोते गर्नुपरेको छ । हरिदेव चौधरी २५ वर्षअघि आफ्नो अधबैंशे उमेरमा रोजगारीका सिलसिलामा भारतको नागालैण्ड अन्तर्गत सिलोङ्गमा पुगेका थिए । […]

बुधवार, साउन १९, २०७३

इलाम । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । वर्षामा सर्पको टोकाइबाट मृत्यु हुने अवस्था आउन नदिन स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले करिब दुई लाख भ्याक्सिन खरिद गर्ने भएको छ । आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले सर्पको टोकाइबाट हुने […]

बुधवार, साउन १९, २०७३

झापा । झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको बलात्कारपछि घाँटी रेटी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको […]

मङ्गलवार, साउन १८, २०७३

इलाम। अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको जोखिममा परेको छ । एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो । यसपालिको वर्षाले पनि सोही गाउँमा पहिरो जाँदा छ […]

मङ्गलवार, साउन १८, २०७३

जाजरकोट। यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै […]

सोमवार, साउन १७, २०७३

बिर्तामोड । ट्रामाडोल हाइड्रोक्लोराइड, डाइक्लोमाइन हाइड्रोक्लोराइड, कफ ट्याब्लेट र कफ सिरप जस्ता औषधि झापामा चिकित्सकको प्रिस्क्रिप्सन बिना झापामा खुलेआम विक्री बितरण भइरहेको छ । जसका कारण मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहदा पनि नियमनकारी निकाय […]

सोमवार, साउन १७, २०७३