इलाम भन्ने बितिकै हरित जिल्लाको रुपमा चिनिन्छ, बर्षको बाह्रै महिना इलामका सबै ठाउँ हरियाली नै देख्न सकिन्छ । त्यहाँको मौसम र उर्भर माटो इलामलाई प्रकृतिले दिएको बरदान हो । देशकै हिसावमा इलाम पर्यटन क्षेत्रको लागि […]
झापाको कनकाई नदी पुल । कनकाई नदी धार्मिक र पर्यटन दृष्टिकोणले पूर्वको एक परिचित ठाउँमा पर्छ । नदीको पूर्वमा कोटिहोम र पस्चिममा विष्णुनारायण धाम रहेको छ । धार्मिक आस्थामा विश्वास गर्ने यात्रीहरुले गुडिरहेकै सवारीबाटै पनि […]
झपाको शिवसताक्षी नगरपालिकामा पर्ने सतासीधाम क्षेत्रको उत्तरमा इलाम जिल्लाको सिमानामा रहेको सताक्षी झरना । पूर्व पस्चिम राजमार्ग झिलझिलेबाट ५ किलो मिटर उत्तरमा रहेको सतासीधामबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ […]
झापाको मेचीनगर स्थित बौद्धमोड पूर्व निन्दा खोलाको पुलबाट देखिएको दृष्य । झापाको उत्तर क्षेत्र एतीवेला रमणिय देखिएका छन ।
धनकुटा जिल्लामा रहेको तमोर नदी र पुल । यस पुल पारगरेर भोजपुर, संखुवासभा, तेह्रथुम, पाचँथर, ताप्लेजुङ लगायतका जिल्ला पुग्न सकिन्छ ।
किरातीहरुको मुख्य धार्मिक स्थल लारुम्बाको मुख्य मन्दिर भित्रको दृष्य । प्रकृति पुजन गर्ने भएको हुँदा धुनी, त्रिशुल, खुकुरी, तरवार लगायतका हतियार अनि अन्नहरुको दैनिक पुजा हुने गर्दछ ।
झापाको कनकाई नगरपालिका इलाको सिमा क्षेत्रमा रहेको धनुष्कोटी मन्दिर । सुरुंगा बजारबाट करिब २ किलोमिटर उत्तर जादाँ यो ठाउँमा पुग्न सकिन्छ । यो क्षेत्र पबित्र धामको रुपमा विकसित हुदै गएको छ ।