Aamsanchar

चन्द्रकान्तको ‘विचार कुञ्ज’ लोकार्पण

Author Image
आइतवार, असोज ९, २०७३

विर्तामोड ।

14432984_1761455900776308_1519208442149514804_n

पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) को प्रथम कृति ‘विचार कुञ्ज’ को विर्तामोडमा एक समारोहका वीच लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जय नेपाल प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेत र विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईंले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

बस्नेत र प्रसाईले लेखकको पहिलो कृति समयसापेक्ष, पठनीय, अनुशरणीय र विचारप्रधान रहेको र लेखकबाट भविष्यमा यस्ता कृति प्रकाशन भइरहने अपेक्षा गरे । हिंसा, द्वन्द्व र विखण्डनबाट गुज्रिरहेको आजको समाजका लागि शान्ति र स्थिरता आवश्यक रहेको र पुस्तकले यसका लागि प्रेरक भूमिका खेल्ने उनीहरुको मत थियो । पुस्तकका सम्बन्धमा झापाका स्थापित पत्रकार एवम् साहित्यकार नकुल काजी, मेची बहुमुखी क्याम्पस भद्रपुरका सह–प्राध्यापक चूडामणि वशिष्ठ, साहित्यकारहरु रवि ओझा र विरही अधिकारीले समीक्षात्मक टिप्पणी गर्दै कृति दार्शनिक, उपदेशात्मक र आध्यात्मिक चिन्तनले भरिपूर्ण भएको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, जिल्ला शिक्षा कार्यालय झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धब बिष्ट ‘चुम्लुङ्गे’, बी.एण्ड सी. अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, रोहिणीबिलास लुइँटेल, डा. पुण्यप्रसाद सिग्देल, जीवनाथ सुबेदी, प्रेमप्रकाश फलाहारी, सरोज ओली लगायतको आतिथ्य रहेको कार्यक्रममा देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाई, लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लेखककी माता हरिमाया ढकालको अध्यक्षतामा भएको थियो । एकराज गिरीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तारामणि सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)