Aamsanchar

दसैं बन्यो कालः मासु खाँदा घाटीमा हड्डी अड्किएर मृत्यु

Author Image
बिहिवार, असोज २७, २०७३

महेन्द्रनगर ।

images

घाटीमा मासुको हड्डी अड्किएर कञ्चनपुरमा एक पुरुषको ज्यान गएको छ ।

मंगलबार बडादसैंको दिन कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका ५५ वर्षीय बहादुर रावलको घाटीमा मासु अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

‘सोमबार राति खानासँगै मासु खाँदा हड्डी अड्किएछ’, कञ्चनपुर प्रहरी प्रवक्ता नैनसिंह कार्कीले भने- ‘महाकाली अञ्चल अस्पताल ल्याइ उपचार गराउने क्रममा मृत्यु भयो ।’

रावल शुक्लाफाँटा वन्यजन्तु आरक्षको वार्डेन कार्यालय मझगाउँमा सशस्त्र वन रक्षक (ग्यामस्टोक) पदमा कार्यरत थिए । उनको बुधबार विहान आफन्तले दाहसंस्कार गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)