Aamsanchar

लोकमानको विषयमा दलहरु छलफलमा ब्यस्त

Author Image
शनिवार, कार्तिक ६, २०७३

[लक्ष्मण कार्की] 

काठमाडौं,

1468841515Prachanda-Oli-Duba

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोगका विषयमा समान धारणा बनाउने भएका छन् ।

महाअभियोगबारे कांग्रेसले औपचारिक निर्णय गर्न नसकेको र माओवादी केन्द्रपनि महाअभियोग दर्तापछि अलमलमा रहेको माओवादी केन्द्रले महाअभियोगबारे समान धारणा बनाउने भएका हुन् ।

आफूसँग सोध्दै नसोधी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुमति पनि नलिइ महाअभियोग दर्ता गरिदा सत्ता गठबन्धन नै धरापमा पर्न सक्ने भन्दै कांग्रेसले असन्तुष्टि जनाएपछि सत्ता साझेदार दुवै दल समान धारणा बनाउने समझदारी गरेका हुन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार एमालेसँग मिलेर महाअभियोग प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दलबिच दूरी बढेको जस्तो देखिएकाले दुवै दलले समान धारणा बनाउने तय भएको हो । यसबारे शनिबार कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले छलफल गर्दैछन् । त्यसअघि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको बैठक बस्दैछ । बिहान ११ बजेदेखि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्ने बैठकले केन्द्रको धारणा तय गर्नेछ ।

कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लोकमानको बचाउ गर्न नसकिने टुंगोमा पुगेपनि संसदमा एमालेको अग्रसरतामा आफूहरुलाई नै जानकारी नगराई महाअभियोग प्रस्ताव दर्ता गरिएकोमा असन्तुष्ट छन् । कांग्रेसभित्र त सत्ता साझेदार दलले नै वाइपास गरेको र सल्लाह नगरि एमालेको उक्साहटमा लागेको भन्दै केही नेताले महाअभियोग अहिलेको गठबन्धन टुटाउन एमालेले गरेको चालबाजी भएको शंका पनि गरेका छन् ।

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा उपप्रधानमन्त्री समेत रहेका नेता विमलेन्द्र निधी, लगायतका नेताले एमालेले सत्ता गठबन्धनमा अविश्वास बढाउन महाअभियोगको प्रस्तावमार्फत प्रयास गरेको र माओवादीका केही सांसद त्यसको पछि लागेको दाबी गरेका गरेका थिए । कांग्रेसले यसबारेमा शनिबार नै दोश्रो ठूलो दल एमालेसँग पनि छलफल गर्दैछ । उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)