Aamsanchar

‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख’

Author Image
शनिवार, कार्तिक ६, २०७३

काठमाण्डौं ।

dkc_0JeSezkGUW
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन दबाब दिन सोलिडारिटी फर गोविन्द केसी अलायन्सले काठमाडौं शनिबार प्रदर्शन गरिरहेको छ।

बिहान ११ बजे काठमाडौंको माइतिघर मण्डलामा भेला भएका अलायन्ससम्बद्ध प्रदर्शनकारीले नयाँ बानेश्वरसम्म र्‍याली गर्ने बताएका छन्। ुअलबिदा लोकमान, अख्तियारलाई जीवनदानु नाम दिइएको उक्त प्रदर्शन कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, कलाकार लगायतलाई आमन्त्रण गरिएको डा। गोविन्द केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए।

माइतिघरबाट सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ुघाम हँसियाले खोले मुख, अझै चुप हरियो रुखु नारा लगाइरहेका छन्। एमाले र माओवादी केन्द्रका सांसदले संसदमा दर्ता गरेको महाभियोग प्रस्तावबारे राजनीतिक दलहरु निष्कर्षमा पुग्न नसकिरहेका बेला प्रदर्शन भएको हो।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महाभियोगबारे अन्य राजनीतिक दलहरुसँग छलफल गर्न भन्दै दुई दिन केन्द्रीय समिति बैठक स्थगित गरेको छ। कांग्रेसले महाभियोगबारे प्रष्ट अडान नलिएको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन्। यसअघि चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा। केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग राखेका थिए थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)