Aamsanchar

अनारमनी पब्लिक क्याम्पसमा मल्टिमिडीयाबाट पढाई

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

झापा।

projector

झापाको बिर्तामोड नगरपालिका–९ मा रहेको अनारमनी पब्लिक क्याम्पसका बिद्यार्थीले अब कम्प्यूटर मल्टिमिडिया (प्रोजेक्टर) मार्फत अध्ययन गर्न पाउने भएका छन् ।
झापा बिर्तामोडका ५ दाताले विद्यालयलाई चार थान कम्प्यूटर र एक थान प्रोजेक्टर प्रदान गरेसंगै त्यहाँका विद्यार्थीले अब कम्प्यूटर मल्टिमिडियाबाट अध्ययन गर्न पाउने भएका हुन् । बिर्तामोड निवासी युवा व्यवसायी प्रकाश शिवाकोटी, दीपेश पाठक, सामाजिक व्यक्तित्व संगीता प्रसाई, रमिता प्रसाईले एक– एक थान कम्प्यूटर र सुवास श्रेष्ठले एक थान प्रोजेक्टर प्रदान गरेसंगै त्यहाँ उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कम्प्यूटर मल्टिमिडिया प्रविधिबाट अध्ययन गर्न पाउने भएका हुन् ।
सोमवार क्याम्पसमा आयोजित एक समारोहकाबीच दाताले उक्त क्याम्पसलाई कम्प्यूटर र प्रोजेक्टर हस्तान्तरण गरेका थिए । उनीहरुले क्याक्पस व्यवस्थापन सञ्चालन समिति अध्यक्ष राजकुमार पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका थिए । सांसद सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाताले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि कायम गर्न थप सहयोग गर्ने समेत बताएका थिए । उनीहरुले आफूहरुले दिएको कम्प्यूटर र प्रोजेक्टरले विद्यार्थीले उत्साहित भएर सदुपयोग गर्न सकेभने अझ सहयोगका लागि हामी तत्पर छौं भने ।
२०६४ सालमा स्थापन भएको सो क्याम्पसमा अहिले १२२ जना विद्यार्थीले वीवीएस अध्ययन गरिरहेका छन् । जसमध्ये २१ जना विद्यार्थी पूर्ण रुपमा छात्रवृति पाएर अध्ययन गरिरहेको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)