Aamsanchar

संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव:निधि

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

चितवन।

download

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव ल्याउनुुपरेको बताएका छन् ।

पूर्वी चितवनको जयमंगलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै आग्रह गरे ।

प्रदेशको निर्माणले देश नटुक्रिनेमा जोड दिँदै उपप्रधानमन्त्री निधिले भने–‘७५ जिल्ला हुँदा के नेपाल टुक्रिएको छ ? भ्रममा नपर्नुहोस्, प्रदेशको निर्माणले देश टुक्रिँदैन ।’

संविधान कार्यान्वयन अहिलेको महत्वपूर्ण चुनौती भएकाले संशोधन प्रस्तावमा एकमत हुन नसके संविधान कार्यान्वयनमा भने कठिनाइ पर्ने उनले बताए । ‘एक घरमा धेरै दाजुभाइ हुन सक्छन्, उनीहरु छुट्टिएर अंश भाग लगाउँदा परिवार विखन्डन हुँदैन । बरु, छुट्टाछुट्टै रहेर व्यवस्थित र आर्थिकरुपले समृद्धि गर्न सकिने हुँदा संशोधन प्रस्तावबाट डराउनुपर्ने अवस्था नरहेको’ उनले उल्लेख गरे ।

‘महाभारतको पाठ सुन्दा संविधान संशोधन गर्नुपर्नाको कारण बुझ्न सकिन्छ’ भन्दै उपप्रधानमन्त्री निधिले भने–‘महाभारतमा पनि ठूलो राजनीति छ, अहिले हामीले भोगेकोभन्दा बढी राजनीति त्यहाँ छ ।’

आफू हिन्दूवादी भएको भन्दै मन्त्री निधिले हिन्दूधर्मले सबै धर्मको रक्षा गर्ने हुँदा सबै धर्मका लागि सहज धर्म भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)