Aamsanchar

सावधान, ट्वाइलेटमा मोबाइल फोन प्रयोग नगर्नु

Author Image
मङ्गलवार, पौष १९, २०७३

 

आजको समयमा मोबाइल फोन हरेक व्यक्तिको जीवनको जरुरी हिस्सा बनेको छ । मानिस नखाइकन दुई दिनसम्म बाँच्न सक्ला तर मोबाइलबिना उसको गुजारा सम्भव छैन । थुप्रै मानिसको ट्वाइलेटमा पनि मोबाइल फोन प्रयोग गर्ने बानी हुन्छ । यदि तपाईं पनि यीमध्ये पर्नुहुन्छ भन तपाईंको लागि यहाँ नराम्रो खबर छ ।

धेरै मानिस ट्वाइलेटमा गेम खेल्न रुचाउँछन् भने कोही साथीहरुसँग च्याट गर्न । तर के तपाईंलाई थाहा छ, तपार्ईंको यो बानीका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ । बाथरुममा फोन प्रयोग गर्नु थुप्रै गम्भीर रोगलाई निम्तो दिनु सरह हो । रोगाणु विशेषज्ञ ज्यासन टेट्रोले यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

कुनै पनि सामान जुन तपाईं बाहिर प्रयोग गर्नुहुन्छ त्यसलाई ट्वाइलेटमा लैजानु हुँदैन ।

जतिबेला तपाईं ट्वाइलेट फ्लश गर्नुहुन्छ तब पानीका साथै पिसाब र दिसाका केही कण ६ फिटसम्म उड्ने गर्दछ ।

जतिपटक फ्लश गर्नुहुन्छ, हावामा त्यति पटक यी कणहरु फैलिन्छन् ।

ट्वाइलेटको पेपर होल्डरमा सबैभन्दा बढि किटाणु जम्मा भएका हुन्छन् ।

धेरैजसो मानिसहरु यहि होल्डरमा नै आफ्नो फोन राख्छन् ।

ट्वाइलेटमा फोन लैजाँदा E.coli, salmonella, C. difficile जस्ता ब्याक्टेरिया फोनमा जम्मा हुन्छन् । यसै कारण थुप्रै रोग लाग्ने गर्दछ ।

यदि तपाईं फोनलाई जुनसुकै हालतमा ट्वाइलेटमा प्रयोग गर्न चाहनुहुन्छ भने अल्कोहल बेस्ड वाइप्सले फोनलाई लगातार सफा गर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)