Aamsanchar

आज शनिबार वि.सं. २०७३ साल पुस २३ गतेको राशिफल

Author Image
शनिवार, पौष २३, २०७३

आजको राशिफल – वि.सं. २०७३ साल पुस २३ गते। शनिबार। इश्वी सन् २०१७ जनवरी ७ तारिख।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याए पनि भेटघाटको अलमलले काममा बाधा पुग्नेछ। सोचेको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। अरूको भर पर्दा काममा विलम्ब हुनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। प्रयास गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका स्रोत फेला पर्नेछन्। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदाकै समय छ। तर रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउला। सरसापटमा पनि धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। मनग्य आम्दानी नहुनाले आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा बलजफ्ती गर्दा समस्या आउन सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। तापनि परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। अतिथिका रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यापारले फाइदा दिलाए पनि वादविवादले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउलान्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। लगनशीलताले पहिलेको परिस्थितिमा परिवर्तन ल्याउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। परिवारजनमा असमझदारी बढ्न सक्छ। साथीभाइ समेत टाढिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)