Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २६ गते मंगलबार

Author Image
मङ्गलवार, पौष २६, २०७३

आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २६ गते मंगलबार, तदानुसार इश्वी सन् २०१७ जनवरी १० तारीख – प्रदोष व्रत
श्री शाके १९३८, मिति बि.सं. २०७३ साल पौष २६ गते मंगलबार तदानुसार इश्वी सन् २०१७ जनवरी १० तारीख – पौष शुक्ल त्रयोदशी तिथी – २१:३८ बजेसम्म चन्द्रमा वृष राशिमा १७:४९ बजे सम्म सूर्य दक्षिणायनं हेमन्त ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकम बाट
मेष राशि
विस्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । गर्न लागिरहेको काममा आँट र साहसको कमीले सामान्य धोका हुन सक्छ । नयाँ लगानीको क्षेत्रमा विशेष ध्यान दिनुहोला । झंजटपूर्ण यात्राको योग रहेको छ । दिन मध्यम रहने छ ।
बृष राशि
शारीरिक आलस्यले सताउने छ । नयाँ कार्यको थालनीले मनमा प्रसन्नताले वास गर्नेछ । दाम्पत्य शुखमा भने केहि खटपट रहन सक्ला । नयाँ मित्रताको लागी समय राम्रो रहेको छ । मनोरन्जनको क्षेत्रमा केहि खर्च हुन सक्छ ।
मिथुन राशि:
सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । हितैषी मित्रजनहरुको निम्ति खर्च गर्नु पर्ने योग रहेको छ । केहि धनमाल हराउन सक्ला सजक रहनु होला । यात्रामा चोटपटकको सम्भावना रहेको हुनाले विशेष सावधान अपनाउनु पर्नेछ ।
कर्कट राशि:
नयाँ आम्दानीका श्रोतहरु फेला पर्ने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगले गर्दा कार्य क्षेत्रमा रुची जाग्नेछ । खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला । शत्रु पक्ष कमजोर रहनाले परिस्थिति सामान्य बन्ने छ । दिन मध्यम रहनेछ ।
सिंह राशि:
मनमा सामान्य चिन्ताले वास गर्ने छ । सन्तान सुख प्राप्त हुनेछ । परिवारको प्रेरणाले नयाँ कार्यको थालनी हुन सक्छ । प्रेम सम्वन्धमा भने केहि नकारात्मक असर रहला । पारिवारिक वियोगले सताउने छ ।
कन्या राशि:
विशिष्ट ब्यक्तीहरुसंगको भेटघाटद्वारा मन हर्षित रहला मान्य जनको साथ सहयोग प्राप्त हुनेछ । हराएको धनमाल भेटिन सक्ने सम्भावना रहेको छ । सामान्य यात्रा हुन सक्छ कार्य क्षेत्रमा भने होस् पुर्याउनु होला ।
तुला राशि:
वाणीका कारण कुलकुटुम्बहरुसंग मतभेद रहला । मित्रजनहरु बिच आफ्नै निर्णय लाद्नाले मित्रजन रुष्ट रहलान । गरिरहेको कार्यक्षेत्रमा मन नलाग्नाले साधारण झन्झट व्यहोर्नु पर्ला । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । दिन त्यति राम्रो छैन ।
वृश्चिक राशि:
स्वास्थ्य क्षेत्रमा सानपानको अभाब रहनाले सामान्य खराब रहला । कार्य क्षेत्रमा विशेष प्रतिष्पर्धा गर्नु पर्ने समय रहेको छ । निर्णय गर्ने क्षमताको कारण कार्य सम्पादनमा सहज हुनेछ । व्यापार व्यवसाय भने मध्यम रहने छ । दाम्पत्य सुख प्राप्त हुनेछ ।
धनु राशि:
तपाइको उदारताको फाईदा अरुले उठाउन सक्लान । लगानी उठाउन विशेष झन्झट ब्यहोर्नु पर्ला । मातृ पक्षका व्याक्तिहरुको निम्ती समान्य खर्च हुने योग रहेको छ । स्वास्थ्य सम्वन्धि समस्याले सताउने छ । शत्रु सवल रहलान ।
मकर राशि:
सामान्य चोटपटकको सामना गर्नु पर्ला । विधा आर्जनको क्षेत्रमा साधारण खर्च हुन सक्छ । कार्यक्षेत्रमा विशेष मन नलाग्नाले आर्थिक क्षेत्रमा समान्य झन्झट ब्यहोर्नु पर्ला । मनोरन्जनको क्षेत्रमा समय ब्यतित रहने छ । दिन त्यति राम्रो रहेको छैन ।
कुम्भ राशि:
पारिवारिक खुसिको लागी सामान्य खर्च गर्नु पर्ला । खोज बा अनुसन्धानमुलक काममा समय ब्यतित हुनेछ । प्रेमी र प्रेमीका विच साधारण मनमुटाब हुन सक्छ । परिश्रमको कदर नहुनेहुनाले मन खिन्न रहला ।
मीन राशि:
मित्रजनको पूर्ण बिश्वासले कार्य क्षेत्रमा धोका हुन सक्छ । आम्दानी क्षेत्रका स्रोत फेला परेपनि अरुको बहकाबमा लाग्नाले झन्झट ब्यहोर्नु पर्ला । साधारण चोटपटकको सामना गर्नुपर्नेछ । आफ्नो कुरा माथि राख्ने बानीले अब्झस आउन सक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर