Aamsanchar

भिरमा फसेका कुमार सुवेदीको आठ घण्टापछि सशस्त्र प्रहरीद्वारा उद्दार

Author Image
शुक्रवार, माघ ७, २०७३

धनकुटा,

धनकुटाको सिरसिरे भिरमा फसेका एक युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ । दुई दिन अगाडि धनकुटा नगरपालिका–१५ को सिरसिरे भिरमा अड्किएका ४० वर्षे कुमार सुवेदीलाई बुधबार बेलुका ६ बजे उद्दार गरिएको सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका प्रहरी नायव उपरीक्षक दुर्गेस थापाले बताउनुभयो ।

मुलघाटको विश्रान्ति मन्दिरका पुजारी निधिराज सुवेदीका छोरा कुमार मंगलबार बिहानको खाना खाएपछि बेपत्ता भएका थिए । बुधबार बिहान महाभारत–४ उखुबारीका बासिन्दाले सिरसिरे भिरको ओडारमा बसेको देखेका थिए । स्थानीयबासिन्दाले खबर गरेपछि पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली, छिन्ताङ गुल्म र मुलघाट बेसक्यामका तालिम प्राप्त ३७ जना विपद् ब्यवस्थापन टोलीले ८ घण्टाको प्रयासपछि उनलाई उद्दार गरेको थियो ।

भिरमा डोरीको सहयोगले सुवेदीलाई उद्दार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।  मानसिक सुन्तुलन गुमाएका सुवेदी तमोर नदीको किनार हिड्ने क्रममा सिरसिरे भिरको ओडारमा पुगेका बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)