Aamsanchar

जिन्दगीको ब्यालेन्स्-सीट

Author Image
बुधवार, माघ २६, २०७३


[दीपक खनाल]

य​ता मिलायो उता मिल्दैन​
उता मिलायो य​ता मिल्दैन​
दायाँ मिलायो बायाँ मिल्दैन​
बायाँ मिलायो दायाँ मिल्दैन​
त​ल​ मिलायो माथि मिल्दैन​
माथि मिलायो त​ल​ मिल्दैन​
जिन्दगीको यो ब्यालेन्स्-सीट

न भाग गरेर मिल्छ
न गुणन गर्दा
सही उत्तर निस्कन्छ
कहिले सिँहदर​बार धाउँछु
कहिले बालुवाटा​र आउँछु
न दिल्ली घुम्दा
हरहिसाब मिल्छ
न वासिङ्टन डुल्दा
हिसाबकिताब जुर्छ
यता​ जोडे प​नि बिग्रन्छ
उता जोडे प​नि बिग्रन्छ
यता घटाए पनि
गलत उत्तर आउँछ
उता घटाए पनि
गलत उत्तर निस्कन्छ
जिन्दगीको यो ब्यालेन्स्-सिट

न त बाल्कोट चाहार्दा मिल्यो
न त बूढानीलकण्ठ गुहार्दा निस्कियो
न त लाजिम्पाटमा बसेर आयो
न त नागार्जुन जंगल पसेर ठीक भयो
जिन्दगीको यो ब्यालेन्स्-सीट
कति दिन असनमा हराउँदा
गोलमाल भो
कति दिन काठमाडौँको जाममा कराउँदा
झोल न मोल भो
जिन्दगीको यो ब्यालेन्स्-सीट
ए गोल्डमेडलिष्ट सिए महोदय
सबैभन्दा पछिल्लो कुन चैँ
सूत्र लगाउँदा
मिल्छ होला
जिन्दगीको यो ब्यालेन्स्-सीट ?
ए नोवेल पुरस्कार बिजेता बैज्ञा​निक म​हाशय ​
सँसारको सबैभन्दा पछिल्लो
कुन चैं क्याल्कुलेटर​ले जोड्दा
बराबर हुन्छ होला
जिन्द​गीको यो ब्यालेन्स्-सिट ??

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)