Aamsanchar

‘अन्तर्राष्ट्रिय ट्रेनर राम दाहालद्वारा ट्रेनिङ दिन्छौं’

Author Image
बिहिवार, फागुन ५, २०७३

चन्द्र राना ‘लाफा’ लामो समयदेखि शारीरिक सुसंगठनमा आवद्ध भएर विभिन्न प्रतियोगितामा भाग लि“दै उत्कृष्ट स्थान हासिल गरिसकेका छन्। क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा पनि उनको बलियो उपस्थिति बनिसकेको छ। विगत दुई दशक अघिदेखि शारीरिक सुसंगठनको गतिविधिमा राम्रो अनुभव बटुली सकेका लाफा हाल झापाको धाइजनस्थित ग्रिन व्हीस् फिटनेशका कुशल प्रशिक्षक भएर काम गर्दै आएका छन्। त्यस क्लबबाट प्रशिक्षक लाफाले काठमाडौं र धरानमा भएका प्रतियोगितामा आफ्ना खेलाडीहरुलाई उत्कृष्ट स्थानमा विजय गराईसकेका छन्। यसै विषयलाई लिएर गरिएका फिटनेश वार्ता :

जीमप्रति तपाई कसरी आकर्षित हुनुभयो ?
– २०५२ साल तिरको कुरा हो । त्यति बेला म २०–२२ वर्षको युवा थिएँ । त्यति खेर सिनियर दाईहरुले कोठा भाडामा लिएर शरीरलाई फिट राख्न भन्दै फलाम उचाल्नु हुन्थ्यो । म त्यो हेर्न सधैं जाने गथ्र्ये । त्यसप्रति म आकर्षित भइसकेको रहेछु, अनि मैले गाउँका केटाहरुलाई भेला पारेर जीम क्लब खोल्ने निधो गरे । त्यसै अनुरुप त्यो बेलाका ठेकेदारहरु, दाताहरुको सहयोगले जीम क्लबका लागि आवश्यक सामान भारतको सिलगुढीबाट खरिद गरी ल्याएका थियौं । पछि यसलाई स्थायीत्व दिनका लागि केन्जिङ जीम हाउस नामाकरण गर्दै क्लब गठन गरेका थियौं । क्लब गठन गर्न सहयोग गर्नुहुने दाता तारा बुढाथोकी, अर्जुन राई, मोहन पुलामी मगर, भिम काफ्ले लगायतलाई म विर्सिन सक्दिन । यसरी मैले यस क्षेत्रलाई अगाडि बढाउँदै आएको हो ।

युवा पुस्ताको रुची कस्तो छ ?
– अहिलेको समयमा यस प्रति युवाहरुको रुचि बढ्दै गएको छ । आजको आधुनिक समयमा युवाहरु शरीर आकर्षक र बलियो बनाउनका लागि फिटनेश क्लब आउने गरेका छन् । यसका साथै उनीहरु कपडा शरीरमा फिट हुने र सुहाउँदो लगाउन चाहन्छन् । शरीरलाई आकर्षक बनाउने स्थान नै जिम (फिटनेस) क्लब हो ।
उनीहरु आफ्नो शरीर मेनटेनका लागि जिम क्लबहरु धाउने गर्छन् । महिलाहरु एरोविक, जुम्वा, डान्स गर्ने र क्लब आउने जाने गर्छन् । शरीरलाई आकर्षक बनाउन कसरत त गर्नै प¥यो नि ! त्यसैले पनि यसमा युवाहरुको रुचि बढ्दै गएको छ ।
जिम गरेका युवाहरुलाई वृद्ध अवस्थामा असर पु¥याउँछ भन्छन् नि ?
– यो भनाई विल्कुल गलत हो । कुनै पनि मानिस व्यायाम गरेर अस्वस्थ भएको मैले आजसम्म देखेको, सुनेको छैन । व्यायम गर्दा त झन् स्वास्थ्य र निरोगी पो भइन्छ । शरीर आकर्षक हुन्छ । वृद्धहरुलाई पनि जवान देखाउछ । अँ, प्रशिक्षकको सल्लाह अनुसार व्यायम गरिएन भने र डाइटलाई ध्यान नपु¥याउने हो भने चाँही पक्कै असर पु¥याउँछ ।

झापामा कति वटा जिम हाउस सञ्चालनमा रहेका छन् ?
– अहिलेसम्मको तथ्याङ्क हेर्दा झापामा जम्मा २४ वटा फिटनेस क्लबहरु सञ्चालनमा छन् । अहिलेको सन्दर्भमा यसलाई जिम भन्दा पनि फिटनेसको हिसाबले हेर्ने गरिन्छ । तपाई हाम्रै शहर बिर्तामोडमा मात्र ९ वटा फिटनेश क्लबहरु सञ्चालित छन् । ति सबै व्यवसायिक रुपमले नै चलिरहेका छन् ।

के जिम युवाहरुका लागि मात्र हो त ?
जिम यो उमेर समूहले मात्र गर्ने या यो उमेर समूहले नगर्ने भन्ने हुँदैन । स्वास्थ्यप्रति सचेत रहने आम मानिस सबैले गर्न सक्छन् । म त भन्छु जिम युवाहरुले मात्र नभएर वृद्धहरुले पनि गर्न आवश्यक छ । जिमले हरेक रोगसँग लड्ने क्षमताको विकास गराउँछ । बुढेसकालमा हरेक रागले सताउँने हुँदा त्यसबाट बच्ने एउटा राम्रो उपाय पनि हो जिम ।

फिटनेश क्लब खोल्दै हुनुहुन्छ नि ?
– तपाई हाम्रै शहर बिर्तामोडमा ग्यालेक्सी फिटनेश क्लब खोल्दैछौं । यसमा हामी राम दाहाल, सन्दीप शेर्मा र मेरो लगानी सञ्चालनमा ल्याउन लागिएको हो । यही फागुन महिनाभित्र उद्घाटन गर्नेछौं । म तपाईहरुलाई यहीबाट आमन्त्रण पनि गर्न चाहन्छु र तपाईहरुले खोजेको, चाहेको जस्तो सुविधा प्रदान गर्दै दक्ष प्रशिक्षकबाट टेनिङ दिने छौं ।

फिटनेस क्लब खोल्नुको उद्देश्य चाँही के त ?
– वास्तवमा यो व्यवसायिक हिसाबले खोल्न लागिएको हो । तथापी युवाहरुलाई एकीकृत गरी स्वास्थ्य र सुमार्गको बाटोमा अघि बढुन भन्ने नै हाम्रो मुख्य उद्देश्य हो । हामी अन्तर्राष्ट्रिय टेनरको रुपमा परिचित राम दाहालद्वारा ट्रेनिङ प्रदान गराउने छौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)