Aamsanchar

दर्जन भन्दा बढी संघ संस्थाले लक्ष्मीपुर सफाई गरे

Author Image
शनिवार, फागुन ७, २०७३

फोटो : विनादे पाण्डे(कमल)/आमसंचार

बर्षभरी धेरै नामका दिवसहरु मनाउदै आएका झापा कनकाई नगरपालिका ८ र शनिर्अुन नगरपालिका ४ को संगम स्थान लक्ष्मीपुरका दर्जनभन्दा बढी संघ संस्थाका प्रतिनिधी मिलेर फागुन ७ गते आफ्नै दिवस अर्थात प्रजातन्त्र दिवस मनाएका छन । उनिहरुले सामुहिक रुपमा लक्ष्मीपुर बजार देखी ५ सय मिटर पूर्व पस्चिम सडक क्षेत्र सफाई गरेर दिवस मनाएका हुन ।

निकै उत्साहका साथ सफाई कार्यको नेतृत्व शुन्दर लक्ष्मीपुर विकास समाजले गरेको थियो भने समाजलाई पाथिभरा एजुकेशन, वडा नागरिक मञ्ज, कनकाई उद्योग बाणिज्य संघ, लक्ष्मीपुर बजार व्यवस्थापन समिति, नवदुर्गा पाञ्चायतन मन्दिर विहिबारे, नवदुर्गा मन्दिर सितल चौक, लक्ष्मीनारायाण मन्दिर, बागेडागीत्रिदेवी सहकारी, दहिझोडा समुदायिक बन, इलाका प्रहरी घैलाडुब्बा, शसस्त्र प्रहरी बल घेराबारी र लक्ष्मीपुर युवा क्लव, होलीवेसील ईङलिस स्कुल, हिमाली आधारभूत विद्यालयका प्रतिनिधीहरुको सफाई कार्यमा सहभागिता रहेको शुन्दर लक्ष्मीपुर विकास समाजका अध्यक्ष लिलाबहादुर कटुवालले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)