Aamsanchar

बीपी राजमार्गको भलायोटार खण्डमा पहिरो, सडक अवरुद्ध

Author Image
सोमवार, फागुन ९, २०७३

सिन्धुली ।

बनेपा-सिन्धुली–बर्दिबास (वीपी राजमार्ग)सडकअन्तर्गत सिन्धुलीको खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

खुर्कोट–नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक-खुर्कोट सडक खण्ड अवरुद्ध भएको हो ।

विगतमा भूकम्पले थर्काएर भास्सिएको सडकमा राती ११ बजे भलायोटार भीरको करीब ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै वीपी राजमार्गको नेपालथोक-खुर्कोट सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)