Aamsanchar

नाङ्गै भएर काम गर्न चाहने महिला कामदारका लागि अवसर

Author Image
शुक्रवार, चैत ११, २०७३

लन्डन ।

लण्डनको एक कम्पनीले हालै प्रकाशित गरेको विज्ञापनले सबैलाई आश्चर्य चकित बनाएको छ । प्रकृतिवाद तथा सरसफाइसम्बन्धी सेवा दिने बेलायतको कम्पनी नेचुरिष्ट क्लिनर्सले यस्ता महिला कर्मचारीका लागि विज्ञापन खोलेको हो । जसले निर्वस्त्र भएर निजी घरहरूको सरसफाइ गर्नेछन् । सफाइको कामका बेला ती महिला कामदारहरूले चप्पल र पञ्जा मात्र लगाउन पाउने नियममा उल्लेख छ ।

सबै उमेर र साइजका महिलाहरूले दरखास्त हाल्न पाउने कम्पनीले सूचनामा उल्लेख गरेको छ । जागिरमा छनोट हुनेले घण्टाको ६ हजार रुपैयाँका दरले तलब पाउनेछन् । ‘महिला प्राकृतिक सरसफाइकर्ताको खोजीमा छौँ, जसले निर्वस्त्र भएर निजी घरहरूको सफाइ गर्नेछन्’, विज्ञापनमा भनिएको छ ।

‘उनीहरूले धुलो बढार्ने, भ्याकुम लगाउने, बगैँचामा पानी हाल्ने, ओछ्यान मिलाउने, वासिंग मेसिन प्रयोग गरेर कपडा धुने, आइरन गर्ने तथा झ्याल सफा गर्ने जस्ता सफाइ सम्बन्धी सबै काम गर्नुपर्नेछ’, विज्ञापनमा भनिएको छ ।

कम्पनीले निर्वस्त्रवादलाई समर्थन गर्ने न्यूडिस्ट कम्युनिटीका सदस्यहरूलाई प्राथमिकताका साथ सेवा दिनेछ । कामदारहरूलाई छुन भने नपाउने व्यवस्था कम्पनीले गरेको छ ।कम्पनीले तीन प्रकारका सेवा दिँदै आएको छ । एउटामा कामदार निर्वस्त्र हुन्छन् । अर्कोमा घरधनी निर्वस्त्र हुन्छन् । अर्कोमा दुबै नै निर्वस्त्र हुन्छन् ।

यो कम्पनी दुई वर्ष पहिले स्थापित भएको हो । अहिले लन्डन बाहिर पनि सेवा प्रवाह गर्न थालिसकेको छ । कम्पनीकी संस्थापक लाउराले निर्वस्त्र सफाइ व्यवसाय न्यूडिस्ट समुदायका लागि भएको भन्दै यसमा यौनसम्पर्कको कुनै छनक नरहेको दाबी गरेकी छिन् । – एजेन्सी/दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)