Aamsanchar

गाउँँमा चुनावी रन्को

Author Image
शनिवार, चैत १२, २०७३

दुई दशक यता स्थानिय जनप्रतिनिधी विहिन बनेको गाउ“ सहरमा सरकारले स्थानिय चुनावको मिति तोकेपछी नागरिक र राजनिती दलहरुमा उत्साह बढेको छ । दिनदिनै चुनाव नजिकिदो अवस्थामा राजनिती दलहरु नेताहरु आफ्ना क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका छन ।
झापाको दक्षिणी दुर्घम गाउँ पथरिया माध्यमिक विद्यालयको प्राङगणमा शनिवार ठुलै मेला बजार जस्तो चहलपहल थियो । कचनकवल गाउ“पालिका क्षेत्रमा वडा वडाबाट मानिसहरु आआफ्नो जातिय भेषभूषा र कला संस्कृति बाजागाजा लिएर महिला,पुरुष र युवाहरुको ठुलो जमघट थियो ।
सो ठाउ“मा जमघट हुनुको कारण भने राष्ट्रीय प्रजातन्त्र पार्टी कचनकवल गाउँपालिले आयोजना गरेको आमसभा थियो ।

 

रोहित राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रलाई प्रमुख अतिथिको रुपमा पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, केन्द्रिय सदस्य भक्ति सिटौला, केन्द्रिय सदस्य देविरमण भट्टराई, जिल्ला अध्यक्ष अमर विष्ट लगायतले सम्वोधन गरेका थिए । जिल्ला उपाध्यक्ष कमल खरेल, सचिव केशव ओझा, महिला सगठन जिल्ला अध्यक्ष राधा कार्की लगायतका नेता र सयौ स्थानिय कार्यकर्ता र सर्वसाधारणलाई हास्य गायक श्रीकृष्ण लुईटेल बोकेदारीले गीत सुनाउदै हसाएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दावढी राप्रपामा प्रवेश गरेको उपाध्यक्ष खरेले बताए ।

तस्वीमा राप्रपाको सभा

                                                            सभामा उपस्थित सर्वसाधारणहरु

                                   मञ्चमा आसिन नेताहरु

                          सम्वोधन गर्दै महामन्त्री लिङदेन 

                  राप्रपाका प्रखर वक्ता केन्द«ीय सदस्य सिटौला                                                                      फोटो : विनोद पाण्डे(कमल) /आमसंचार

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)