Aamsanchar

संविधान संशोधन उपयुक्त छैनः एमाले

Author Image
आइतवार, वैशाख १७, २०७४

काठमाडौँ।

नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ ।

दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफँैले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरुलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिनुभयो ।

बैठकमा नौदलीय गठबन्धनबीच भएको बैठकका बारेमा पनि सबै सांसदलाई जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर