Aamsanchar

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन

Author Image
बिहिवार, साउन ५, २०७४

डडेल्धुरा ।

डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।

डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा परशुराम नगरपालिका लालढुंगामा रहेको ग्लोबल बैंकले पाएको छ । परशुराम नगरपालिकाका दुर्गम गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि लालढुंगामा रहेको बैंकमा आउनु पर्ने बाध्यता रहेको छ ।

परशुराम नगरपालिकाको बसौटी, साँदनी, मलास, कुरमुल्ले, ग्वान्नीलगायतका दर्जनौँ गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनसम्म लाग्ने गरेको छ ।

यातायातको पहुँच नभएका गाउँका वृद्ध पैदलै हिँडेर बैंकसम्म पुग्न बाध्य भएका छन् । बैंकसम्म पुगेपनि दिनभर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताबाट गाउँसम्म पुग्ने व्यवस्था गरिदिन वृद्धले आग्रहसमेत गरेका छन् ।

गाविस सचिवले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै नेपाल सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेसँगै डडेल्धुरामा रहेका दुईवटा नगरपालिकाका वृद्धलाई सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि बैंकसम्म पुग्नै गाह्रो छ भने बैंकमा पुगेपछि पनि दिनभर लाइनमा उभिनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)