Aamsanchar

लोकतन्त्रको रक्षा र संमृद्धिको लागि काँग्रेसलाई मत :नेता गिरी

Author Image
शुक्रवार, मंसिर ८, २०७४

दाङ, 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ अन्र्तगत प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दीपक गिरीले लोकतन्त्रको रक्षा र संमृद्धि नेपाल निर्माणका लागि काँग्रेसलाई भोट दिन अनुरोध गर्नुभएको छ ।

आज यहाँ आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले २०७० सालको निर्वाचनमा यस जिल्लाका मतदाताले दाङका सबै क्षेत्रबाट नेपाली काँग्रेसका उमेदवारहरुलाई संविधान निर्माण गर्ने जिम्मेवारीका साथ जिताएर पठाएकामा त्यो जिम्मेवारी पूरा गरेर अब फेरि गाउँ, शहर, जिल्ला, प्रदेश र राष्ट्रको उन्नतिका लागि काम गर्ने उद्देश्यका साथ मत माग्न आएको बताउनुभयो ।

उहाँले केही दलहरुले तालमेलको नाममा जनतालाई झुक्याएर देशमा कम्युनिष्ट वर्चश्वको सरकारका माध्यमबाट देशमा साम्यवाद स्थापना गर्न खोजेको भन्दै सचेत रहन मतदातालाई अपिल गर्नुभयो । लोकतन्त्र रक्षासँगै समुन्नत नेपाल निर्माणका लागि काँग्रेसको नेतृत्व अपरिहार्य भएको उहाँले बताउनुभयो । विदेशमा गएका युवालाई रोजगारका साथ फर्काउनु छ, सुलभ र स्तरीय शिक्षा, सुविधा सम्पन्न अस्पताल निर्माण, संस्कृति वेषभूषा र धार्मीकस्थलको संरक्षण, कृषिमा आधुनिकीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेता गिरीले आफूहरुको अर्जुनदृष्टी दाङलाई प्रादेशिक राजधानी बनाउने विषयमा केन्द्रीत रहेको बताउँदै लोकतन्त्रलाई बचाउनका लागि हिमाल, पहाड र तराईबीचमा विविध धर्म, जाति, भाषभाषीेबीचमा प्रेम र सद्भाव बढाएर राष्ट्रियतालाई बलियो बनाउन एवं देशको विकासका लागि काँग्रेसलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर