Aamsanchar

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि

Author Image
बुधवार, मंसिर २०, २०७४

काठमाडौँ, 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताउनुभयो ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)