Aamsanchar

झापामा मतदान गर्ने महिला बढी

Author Image
आइतवार, मंसिर २४, २०७४

बिर्तामोड।

झापामा पुरुषभन्दा बढी महिलाले मतदान गरेका छन् ।  जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चार लाख १५ हजार एक सय तीन मत खसेकोमा दुई लाख २२ हजार नौ सय ६८ महिलाले मतदान गरेका हुन् । ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेको झापामा मतदान गर्ने पुरुषको संख्या भने महिलाको तुलनामा कम छ । एक लाख ९२ हजार एक सय ४३ पुरुषले मात्रै मतदान गरेको बताइएको छ । एक लाख ७० हजार ७३ जना मतदानमै सहभागी भएनन् ।

मंसीर २१ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभाका लागि ५७ जनाको उम्मेदवारी रहेको थियो । ५ पदका लागि भएको निर्वाचनमा ५७ जनाको उम्मेदवारी कायम रहेको हो । त्यस्तै १० प्रदेश सभाका लागि भएको निर्वाचनमा ८४ जना गरी झापामा एक सय ४१ उम्मेदवार रहेका थिए ।

झापा क्षेत्र नं. १मा प्रतिनिधिसभाका लागि ७ र प्रदेश सभाका लागि १६ जनाको उम्मेदवारी परेको थियो । एक लाख ५४ हजार ७५ मतदाता रहेको झापा १मा ७५ हजार नौ सय ९० मत खसेको बताइएको छ । कूल खसेको मतमा यहाँ पनि महिलाकै बढी छ । ३५ हजार तीन सय ५६ पुरुषले मतदान गरेका छन् भने ४० हजार ६ सय ३४ महिलाले मतदान गरे । यहाँ ७०.९४ प्रतिशत मत झरेको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै झापा क्षेत्र नं. २मा ११ प्रतिनिधिसभा, १६ प्रदेश सभा सदस्यका लागि उम्मेदवारी परेको छ । एक लाख १८ हजार एक सय ९६ मतदाता रहेको झापा २मा ८५ हजार ८ सय १६ मत खसेको छ । जहाँ ४५ हजार ६ सय ४६ महिलाले मतदान गरेका छन् भने झापा २ मा मतदान गर्ने पुरुषको संख्या ४० हजार १ सय ७० मात्र रहेको छ । यहाँ ७२.६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिइन् ।

त्यसैगरी झापा क्षेत्र नं. ३मा प्रतिनिधिसभाका लागि १२ र प्रदेशसभाका लागि १४ जनाको उम्मेदवारी परेको थियो । एक लाख १४ हजार ५ सय ८६ मतदाता रहेकोमा ८२ हजार ९ सय २४ मत मात्र खसेको छ । ७२.३६ प्रतिशत मत खसेको झापा ३मा मतदान गर्ने संख्या महिलाकै बढी छ । ४४ हजार ६ सय ८० महिलाले मतदान गरेको झापा ३मा ३८ हजार दुई सय ४४ पुरुषले मतदान गरेका छन् ।

झापामा सबैभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र हो क्षेत्र नं. ४ । यस निर्वाचन क्षेत्रमा पनि मतदान गर्ने महिलाकै संख्या बढी छ । जहाँ ४१ हजार ४ सय ९० महिलाले मतदान गरेका छन् भने ३५ हजार ८ सय ३४ पुरुषले मतदान गरेको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । उनका अनुसार यस निर्वाचन क्षेत्रमा ७०.६९ प्रतिशत मत खसेको छ । एक लाख ९३ हजार ९९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ७७ हजार तीन सय २५ मत खसेको थियो ।

झापा ५मा सबैभन्दा कम मत खसेको छ । ६७.६६ प्रतिशत मत खसेको झापा ५मा पनि मतदान गर्नेमा महिलाकै संख्या बढी छ । ५९ हजार ५ सय ११ जना महिलाले यस निर्वाचन क्षेत्रमा मतदान गरेका छन् भने ४२ हजार ५ सय ३० पुरुषले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । ए

क लाख ३७ हजार ५ सय ११ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ९३ हजार ४८ मत मात्र झरेको निर्वाचन अधिकृत शकुन्तला कार्कीले जानकारी दिइन् । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि २१ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)