Aamsanchar

अब चितवनमा २ वटा रेल गुड्छः प्रचण्ड

Author Image
बिहिवार, मंसिर २८, २०७४

 काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् । विजयी र्‍यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए । अध्यक्ष प्रचण्डले चुनावको बेला आफूले गरेको प्रतिबद्धताहरु पूरा गर्ने बताए । उनले भने, ‘मैले गरेको प्रतिबद्धताहरु अन्तिमसम्म पूरा गर्न युद्धस्तरमा होमिनेछु, तपाइँहरुले देखाउनुभएको विश्वासमाथि कुनै हालतमा कुठाराघात गर्ने छैन ।

 

 

विजयीपछि तीन दिनको स्वागत कार्यक्रमबाट आफू निकै उत्साहित भएको बताउँदै अध्यक्ष दाहालले भने, ‘आफूले गरेको प्रतिबद्धता पूरा गर्न खरो रुपमा म उत्रनेछु । तपाइँहरुले देखाउनुभएको बाटोघाटोको समस्या पूरा गर्न निरन्तर लाग्नेछु । उनले भने, लुम्बिनीबाट आउने एउटा रेल पूर्वतर्फ लाग्छ र अर्को रेल चितवनबाट काठमाडौँ जान्छ ।अव चितवनबाट दुई वटा रेल गुड्छन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)