Aamsanchar

दुर्गममा फोन र विद्युत् पु¥याउन पहल

Author Image
बिहिवार, मंसिर २८, २०७४

इलाम, 

नेकपा (एमाले)का नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ ।

फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कमजोर हुँदैनन्, शान्ति र प्रजातन्त्रका लागि फेरि जनताले लडाइँ गर्नुपर्दैन ।”

सबै जाति, भाषा, धर्म र संस्कृतिका जनताका लागि जनतामैत्री संविधान बनेको उल्लेख गर्दै नवनिर्वाचित सांसद नेम्वाङले देशलाई स्थिरता र आर्थिक समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी दल र जनप्रतिनिधिमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौंँ, हामी दूरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन पहल र प्रयासरत छौँ ।”

समानुपातिकमा एमाले पहिलो 
समानुपातिकतर्फ एमाले पहिलो भएको छ । अन्तिम नतिजानुसार एमालेले ६१ हजार ६३०, नेपाली काँग्रेसले ४२ हजार ३९२ र नेकपा(माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेका छन् ।

यहाँ दुई लाख चार हजार ४६ मतदाता थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)