Aamsanchar

जापान नेपालको असल मित्र राष्ट्र

Author Image
शुक्रवार, मंसिर २९, २०७४

काठमाडौं, 

जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज यहाँ स्वागत समारोह आयोजना गर्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालमा रहेका जापानी नागरिकलगायत व्यक्तित्वको सहभागिता थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

समारोहमा उपस्थित व्यक्तित्वलाई नेपालका लागि जापानी राजदूत ओगावाले स्वागत गर्दै जापान नेपालको एक असल मित्र राष्ट्र रहेको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जापानले पु¥याउँदै आएको र आगामी दिनमा पनि नेपालको विकासमा सहयोग निरन्तर रहने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)