Aamsanchar

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव जेल चलान

Author Image
शनिवार, पौष ८, २०७४

राँची :

भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि जेल चलान भएका छन्। विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोषको ८९ लाख २७ हजार भारतीय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो।

पशुपक्षीको दाना (चारा) खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो। यो काण्डमा यादवसहित १६ जना दोषी देखिएका छन्। अदालतमा मुद्दा परेपछि यादवले बिहारको मुख्यमन्त्री र अर्थमन्त्री हुँदाका आफ्ना सबै फाइल कब्जामा राखेका थिए।

यो मुद्दामा बिहारकै पूर्व मुख्यमन्त्री जगनाथ मि श्रसहित १९ जना मुछिएका थिए। अदालतले पूर्व मुख्यमन्त्री मि श्रसहित केही व्यक्तिलाई सफाइ दिएको छ। बिहारका पूर्वमन्त्री विद्यासागर निषाद एवं पीएसीका तत्कालीन अध्यक्ष ध्रुव भगत, हार्दिकचन्द्र चौधरी, सरस्वती चन्द्र एवं साधना सिंहले पनि सफाइ पाएका छन्। दोषी ठहरिएका सोह्रैजनालाई बिरसा मुण्डा जेलमा राखिएको छ।

उनको मुद्दामा ३ जनवरीमा सुवाइ हुनेछ। अदालतले ९ अर्ब ५० करोड रुपैयाँको पशुपक्षीको दाना घोटालामा देवघर राज्यकोषको उक्त रकम अवैध निकासीका बारेमा फैसला सुनाएको हो। अवैध रूपमा रकम प्रयोग गरेको यो मुद्दामा लालु एवं अरूविरुद्ध सीबीआईले आपराधिक षड्यन्त्र, जालसाजी, साक्षी लुकाएको, पदीय दुरुपयोग गरेको जस्ता विभिन्न मुद्दा दर्ता गराएका थिए। यो मुद्दामा कुल ३८ जना आरोपी थिए।

अदालतको निर्णयसँगै राजद (राष्ट्रिय जनता दल)का प्रवक्ता मनोज झाले पत्रकार सम्मेलन गरेर विरोध गरेका थिए। उनले यो सबै भारतीय जनता पार्टीको खेल भएको आरोप लगाए। उनले अदालतमाथि आफ्नो भरोसा रहेको बताएका थिए। यसैगरी राजद नेता रघुवंशप्रसाद सिंहले लालुलाई राजनीतिक प्रतिशोध लिइएको बताउँदै उच्च अदालतमा जाने स्पष्ट पारे।

यसअघि पनि चाईबासा राज्यकोषबाट करिब ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको बारे मुद्दा चलेको थियो। १२ वर्षसम्म चलेको मुद्दामा कैयौं पूर्वअधिकारीले सजाय पाएका थिए। दाना खरिद काण्डले नै भारतीय राजनीतिमा सक्रिय लालुको राजनीतिमा धब्बा लागेको थियो। कैयौंपटक उनलाई हिरासतमा लिइएको थियो। सन् २०१३ मा पनि उनलाई पाँच वर्ष जेल सजाय तोक्नुका साथै ६ वर्ष चुनाव लड्नमा प्रतिबन्ध लगाएको थियो।

म देशको लाल हुँ : लालु

जेल चलान गरिएका लालु यादवले यसलाई धर्मयुद्धको संज्ञा दिएका छन्। आफू एक्लै नभएको बताउँदै आफूसँग सम्पूर्ण बिहारको साथ रहेको दाबी गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘सामन्तवादी शक्ति, मलाई थाहा छ, म तिमीहरूको बाटोको काँडा मात्र होइन, आँखामा ठोकिएको किला हुँ। मलाई यति सजिलै सिध्याउन सक्दैनौं। कान खोलेर सुन, बिहारको रत्न लालुलाई सताउन सक्छौ, हराउन सक्दैनौ।’ उनले आफूलाई बिहारको मसिहाका रूपमा प्रस्तुत गर्दै बिहारका जनता आफ्नो साथमा रहेको दाबी गरेका छन्। उनले भने, ‘लाठीको बल चल्दैन, लालु देशको लाल हो।’-अन्नपूर्णबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)