सहिद बसाई सरेपछि फेरिएको सालवारी

[सविता भण्डारी]

मैले बाल्य अवस्था देखिनै सुन्दै आएकी थिए, झापा विद्रोहका पाँच सहित । कम्युनिष्ट पृष्ठभूमि भएका साथीसंगत,आफन्त , नातेदारहरुले सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको नाम वारवार उच्चारण गरिरहन्थ्ये । तर उनीहरु को थिए, कसरी सुरु भएको थियो झापा विद्रोह,झापा विद्रोहमा उनीहरु किन मारिएका थिए मैले यो विषयमा कहिल्यौं पनि गहिरिएर सोचेकी र वुझेकी थिइन् । सुनेकी थिइ उनीहरुको स्मृतिमा अर्जुनधारामा रहेको सहिद सुखानी पार्कमा सालिक निर्माण गरिएको छ रे ।

कहिलेकाही श्रीमान्ले भन्नुहुन्थ्यो अब अर्जुनधारामा निर्माण गरिएको पार्कको विस्तारै विकास हुन्छ , त्यहाँ झापा विद्रोहका पाँच सहिदको सालिक समेत निर्माण गरिएको छ । उहाँको कुरामा मैले कुनैदिन पनि प्रश्न र जिज्ञासा राखिन । किनकी मलाई त्यो विषयमा चासो नै थिएन् । तर,गौरीशंकर माविमा केही दिन अघि स्टाफ मिटिङ बस्यो । मिटिङमा वनभोजका विषयमा कुरा चल्यो । मलाई मिटिङको भन्दा पनि घर फर्कने ध्यानले बढी खिचेको थियो । आजै किन अचानक मिटिङ बस्नु परेको , कतिवेला मिटिङ सकिएला, अनि कतिवेला घर पकुर्न अनेक प्रश्न प्रतिप्रश्नहरु मनमा रुमलिरहेका थिए ।

स्टाफ मिटिङमा के – के कुरा भएका थिए सबै मलाई अहिले हेक्का छैन । स्टाफ मिटिङमा म बसेपनि मेरो ध्यान भने घरतर्फ केन्द्रीत भएकाले मलाई त्यो विषयले खासै छोएकै थिएन् । दिउसो फोनमा श्रीमानले नानी विरामी छ छुट्टी मागेर भएपनि अलि छिट्टै आउनु है भन्नुभएको थियो । त्यही कारण म मिटिङ कतिवेला सकिएला भन्ने सोचमा डुवेकी थिए । अचानक प्रधानाध्यापक लेखनाथ कटुवालले पिकनिक जाँदा चाँही सुखानी पार्क जानु पर्छ भन्दा म झस्किए । एकाएक मेरो सोच परिर्वतन भयो । म केही उत्साहित भए । मलाई सहिद र पार्कको विषय अझ बढी जान्न कैतुहलता थपियो । क्षण भरमै म परिर्वतित भए । पुस १० गते बनभोजका लागि सहिद सुखानी पार्क जाने निश्चित भएसंगै त्यसदिन म घर फर्किएकी थिए ।

१० गते विहानै सहकर्मी लोचन गुरागाईले टेलिफोन गर्नुभयो । म्याडम सरलाई पनि लिएर अउनु है उहाँको फोन लागेन । हामी त यहाँबाट हिडिसक्यौं । सरको फोन आएपछि घरको काम अझ छिटो–छिटो गर्दै विरामी नानीलाई दवाई खुवाएर सुखानी पार्क जान तयार भए । श्रीमान्लाई समेत जान आग्रह गरे । उहाँले मेरो कुरामा कुनै प्रतिक्रिया जनाउनु भएन । उहाँ पनि तयार हुनुभयो हामी दुवै जना सुखानी पार्क पुग्यौं । पार्क प्रवेश गर्नासाथ तरुण तन्देरीको दोहोरी लत्ता देखिन्थ्यो । कोही अंगालोमा वेरिएर सेल्फी लिइरहेका थिए भने कोही बनभोजका लागि सरजाम जुटाउदै थिए । कोही झोलुङ्गे पुलमा झुम्मिएका थिए त कोही वोटिङ गरिरहेका थिए । हेर्दा लाग्थ्यो सबैको आज फुर्सदिलो दिन । सबै एक आपसमा खुशी साटासाट गर्न नै आएका हुन् ।

सरहरु विहानै जानुभएकाले हामीले पिकनिक स्पोर्ट देखेनौं । मैले लोचनसरलाई फोन गरे । सर हामी आइपुग्यौं कतापट्टी आउनु । उत्तरमा , उहाँले गेटमा बस्नुहोस् म लिन आउछु भन्नुभयो । मन मानेन श्रीमानलाई सोधीहाले सहिदको सालिकचाँही कहाँ छ हेर्दै गरौं न । मुख्य गेटबाट प्रवेश गरेपछि केही दक्षिणमा पाँच सहिदको पूर्ण कदको शालिक निर्माण गरिएको रहेछ । पार्कको मूल गेटबाट प्रवेश गर्नासाथ सहिदको पूर्ण कदको सालिक देखे । पूर्वको प्रमुख सहर बिर्तामोडबाट १५ किलोमिटर उतर अर्ध कच्ची सडक हुँदै इलामको तत्कालिन दानावारी–३ मा पाँच सहिदको सहादत स्थल हो भन्ने सुनेकी थिए । तर, उनीहरुको शालिक सुखानी पार्क परिसरमा निर्माण गरेकाले सहिदहरु प्रतिको सम्मान र उनीहरुको वलिदानको कदर भएको त्यतिवेला मलाई महसुसभयो ।

शनिअर्जुन नगरपालिका– ७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यान मध्ये मेरो ध्यान सहिदको सालिक प्रतिनै केन्द्रीत भएकाले पूर्ण कदको सालिकको तल लेखिएको अक्षर पढे । क्षण भरमै म नतमस्तक भए । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुति दिएका अमर सहिदहरुको स्मृतिलाई ताजा राख्न उद्यानको स्थापना भएको रहेछ । केही तस्वीरहरु लिएपछि मैलेपनि श्रीमानसंग कुममा कुम जोडेर सेल्फी लिए । सोचे सहिदहरु पनि वसाई सर्दा रहेछन् । आहा कस्तो सुन्दर पार्क,सहिदको पूर्ण कदको सालिकले पार्कको सुन्दरतासंगै उनीहरुको स्मरण सधै ताजा राख्न गरिएको प्रयास साच्चै अनुकरणीय छ ।

केही क्षणमै हामी आफ्नो गन्तव्य पिकनिक स्पोर्ट पुग्यौं । सवै आ आफ्नै काममा । विभिन्न परिकार बनाउन मिसहरु रुपा, रोशनी, अनु व्यस्त हुनुहुन्थ्यो । केही सरहरु नाच्दै हुनुहन्थ्यो त कोही मिसहरुलाई सघाउदै हुनुहुन्थ्यो । हाम्रो उपस्थितिले त्यहाँ थप उत्साह थपियो । पुग्ने वित्तिकै पार्क र सहिदका कुरा चले । कृष्ण सरले भन्नुभयो साच्चै रमणीय रहेछ पार्क, सहितको सम्मानमा निर्माण गरिएको सालिकले यहाँको गरिमा अझ उच्च राखेको रहेछ । तर, किन उनीहरुलाई मारिएको स्थानमा चाँही पार्क निर्माण गरिएन ? के सहिदलाई वसाई सारिएकै हो त ? प्रशंङ्ग मोड्दै तुलाराम निरँैला सरले थप्नुभयो । यहाँ सहिदको मात्र कुरा हैन नि सर कछुवा पनि राखिएको छ । कछुवाको संरक्षण स्थल पनि हो ।

केही वेरको हाम्रो गफगाफपछि व्रेक फाष्ट गर्दै हामी पार्क घुम्यौं । साच्चै पूर्वकै सुन्दर पार्क । केही समय अघिसम्म स्यालघारी अहिले सालवारी भएको छ । हिजोको सिमसार आज घनसार भएको छ । आन्तरिक तथा वाह्रय पर्यटकको मुख्य गन्तव्य स्थल भएका कारण यो पार्कमा दिनहुँजसो पर्यटकको घँुइचो लाग्दो रहेछ । बनभोज खानेको दोहोरी लत्ता देख्दा मैले मेरै गाउँको धार्मिकस्थल वाह्रदशी सम्झे । पौराणिक, ऐतिहासिकसंगै धार्मिक महत्व बोकेको वाह्रदशीको पनि विकास गर्न सके आन्तरिक तथा वाह्रय पर्यटक भित्रने अनेकौं सम्भावना मेरा मनमा क्षण भरमै उब्जिए । सोचे यो सुखानी पार्क जस्तै अन्य यस्तै सम्भावित पर्यटकीय स्थलको विकास र विस्तार गरे आफ्नो ठाउँको विकास गर्न समय नलाग्ने रहेछ नि ।

सालवारी घुमिरहदा मनमा उब्जिएका अनेक प्रश्न र प्रतिप्रश्नले उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थाहा पाए । कम्युनिस्ट आन्दोलनको कोसेढुंगा मानिने ‘झापा विद्रोह’ का ५ ‘योद्धा’ ले एकैपटक सहादत प्राप्त गरेको दिन सम्झे । मृत्युको ४३ वर्षपछि पाँचैजनालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सहिद घोषणा गरेको दिन सम्झे । झापाबाट इलाम जेल सार्ने बहानामा उनीहरुलाई प्रहरीले गोली हानी हत्या गरेको घटना रहेछ ‘सुखानी काण्ड’ मलाई अनि मात्र छर्लङ्ग भयो ।

कुइँकेल, घिमिरे र श्रेष्ठ झापाको तत्कालिन गरामनी गाविसका बासिन्दा रहेछन् । दाहाल चारपाने र राजवंशी ज्यामिरगढी निवासी रहेछन् । उनीहरूलाई एकैसाथ हत्या गरिएको ठाउँमा केही वर्षपहिले सहिद पार्क बनाइएको रहेछ । उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले पनि सहिदकै संख्याका पाँचवटा रुख छन् । हरेक फागुन २१ मा यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ । यो स्थान भने तत्कालिन दानावारी ३ हो । तर, अहिले अर्जुनधारामा रहेको सुखानी पार्कमा पनि त्यो दिन सहिदको स्मरण गर्दै विभिन्न कार्यक्रम गरिदै आएको छ ।

यहाँको अर्काै विशेषता भनेको सालको घना जङ्गलभित्र उद्यानको मध्यभागमा रहेको अढाइ हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि आकर्षण गन्तव्य स्थल हो । पुरानो भीमसेन होलीलाई व्यवस्थित बनाई कछुवा उद्धार तथा प्रजनन केन्द्रको रूपमा स्थापना र सालबारी क्षेत्रलाई पार्क बनाएपछि यहाँको महत्व अझ बढेको हो । २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा विकसित छ यो पार्क । तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले २०७० साल फागुन २१ गते सहिद स्मृति उद्यानको उद्घाटन गरेसंगै सिमसारका रुपमा परिचित यो क्षेत्र एकाएक घनसार बनेको छ । प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले टाढादेखि पर्यटक गाडी रिजर्भ गरी वनभोज खान, घुमफिर गर्न, तस्बीर खिचाउन, तलाउमा डुङ्गा सयर गर्न र तनावबाट मुक्त भएर मन बहलाउन यहाँ आउने गरेका छन् । जसका कारण यहाँको चहलपहल समेत बढेको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठानले उद्यानभित्र पूर्वाञ्चलकै पहिलो कछुवा संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरेको छ । उद्यानले कछुवा राख्न छुट्टै सानो पोखरी बनाएको छ भने प्रजनन र बच्चा रेखदेखका लागि व्यवस्थित स्थानको निर्माण गरिरहेको छ । उद्यानमा हाल २५ वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । वातावरणीय विनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको अवस्थामा उद्यानले संरक्षणको प्रयास थालेर गरेर प्रशंसनीय कार्य गरेको छ हामी सवैलाई त्यहाँ पुगेपछि महसुस हुन्छ ।

पूर्वी नेपालको प्रवेशद्वार काँकडभिट्टा र मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो । व्यवस्थापन समितिले उद्यानभित्र एक हेक्टर क्षेत्रफलमा बाल उद्यान निर्माण गरेको छ । यो वाल उद्यनपनि वालवालिकाका लागि निक्कै महत्वपूर्ण छ ।

यहाँ पर्यटकलाई बस्न फलैचा, चौतारो र हवाई घरको निर्माण गरिएको छ । सरकारी सहयोगमा ३५ मिटर लामो झोलुङ्गे पुल समेत निर्माण भएकाले दिनहुँ सयौँ पर्यटक आउने र भरपूर मनोरन्जन लिने स्थल रहेछ यो सिमसार क्षेत्र ।

                                                                                    [email protected]

                                                                            (लेखक : गौरीशंकर माविकी शिक्षक हुनुहुन्छ)

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com