Aamsanchar

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

Author Image
आइतवार, फागुन ६, २०७४

गाईघाट,

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।

बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा (स्वस्ती) ले बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“बेलका क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना छ, कोशी क्षेत्रमा बोटिङ र कोशी वरिपरिको डाँडाबाट प्याराग्लाइडिङका कारण यो नगरले जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पु¥याउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान थालेको हो ।” प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक यो क्षेत्रमा पचास हजारभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने नगर प्रमुख थापाको धारणा छ ।

शनिबार समुद्री सतहदेखि झण्डै ६०० मिटरको उचाइमा रहेको बेलकाको बोपाताङ र चम्पाडाँडाबाट आठवटा प्याराग्लाइडिङ उडान गरेर परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर