Aamsanchar

झापाको अर्जुनधारामा आगलागी, १० लाख बराबरको क्षति

Author Image
बिहिवार, फागुन १०, २०७४

झापा ।

झापाको अर्जुनधारा नगरपालिका १० बस्ने रमेश ओझाको घरमा बुधबार साँझ आगलागी भएको छ।

ओझाको घर नजिकै रहेको गोठमा पुराणमा आउने भक्तजनहरुका लागि सब्जी पकाउने क्रममा आगलागी भएको हो।उनको काठले बनेको गोठ, सो गोठमा राखिएको पुराणको सामाग्री, भाडावर्तनहरु जल्दा करिब १० लाख बराबरको क्षति भएको बताईएको छ।

गोठमा लागेको आगो प्रहरी चौकी शनिश्‍चरेबाट खटिएको प्रहरी, दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)