Aamsanchar

असन्तुष्ट मन

Author Image
आइतवार, फागुन १३, २०७४

विष्णुप्रसाद शर्मा पराजुली

दुखेको मन छ
तिमीलाई माथि देउरालीमा देख्दा
हिमाल र आकास जोडिएझैँ लाग्छ ।

दुखेको मन छ
मुटु नजिक तिमी आउदा
इन्द्रेणीको सौभाग्य भागेझैँ लाग्छ ।

दुखेको मन छ
छातीको हत्केलामा तिम्लाई राख्दा
फर्केर उमेर कोपिला बनेर फुल्छ ।

दुखेको मन छ
तिमी छालभन्दा पारी हुँदा
चसक्क चस्केर मुटु, आँशु टपक्क झर्छ ।

दुखेको मन छ
तिमीले चुचुराको जुन छुदा
कागको बेल पाकेर खस्छ ।

दुखेको मन छ
आशक्ति तिमी प्रति मेरो अहो !
कठै ! अब्यक्त माया, कलेजो भित्रै जलेर मर्छ ।

दुखेको मन छ
खरानी भएर पनि मन र तन
चोबलेर रगतमा, पुष्प वर्षा तिम्लाई गर्छ ।

दुखेको मन छ
एक थोपा प्याउलीको शीतले
ज्ञानचक्षुले देख्न सके, स्नेहको सागर भर्ने रहर छ ।

दुखेको मन छ
मर्दामर्दै अँधेरी रातमा, आर्यघाटको ब्रह्मनालमा
आँशुले लुछुप्प काख तिम्रो भिजाउने रहर छ ।

दुखेको मन छ
पढन सक्ने भए मेरो लाशको वन्दना
अब्यक्त मायाको भल पोख्ने रहर छ ।

२१ माघ, २०७४
काठमाडौं

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)