हात्तीको आक्रमणबाट महिलाको मृत्यु

 चितवन,

रत्ननगर नगरपालिका–७ स्थित खोरसोरमा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पन्वीमायाँ थारुको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज दिउँसो १ बजे घाँस काट्न गएकी उनलाई चितवन निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो । उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएपनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com