Aamsanchar

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको भेट

Author Image
बुधवार, फागुन ३०, २०७४

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले आज शिष्टाचार भेट गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीका स्वकीय सचिव चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी बंगलादेशी नागरिकको निधन भएकामा बंगलादेशका प्रधानमन्त्री, त्यहाँको सरकार र शोकाकुल जनतामा हार्दिक समवेदना र सहानुभूति प्रकट गर्नुभयो ।

मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्नुभएको थियो । दुर्घटनालगत्तै नेपाल सरकारले उद्धार कार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नुभएको पनि मन्त्री कमालले सो भेटमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर