Aamsanchar

बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी

Author Image
बिहिवार, चैत २९, २०७४

पाल्पा, 

पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुशी भएका छन् ।

यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका थिए । यस भेगका महिलाहरुलाई प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम तानसेन र रुपन्देही जिल्लामा जानुपर्ने बाध्यता रहेका थिए ।

पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा बुधबारदेखि बर्थिङ सेन्टर सञ्चालन भएको हो । जिल्ला समन्वय समितिका सदस्य ईश्वरीप्रसाद न्यौपानेले बर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि प्रसूतिका लागि महिलाहरु बजार धाउनु नपर्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले महिलाहरुलाई कम खर्चमा सुरक्षित तरिकाले गाउँमै प्रसूति गराउनका लागि गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।

पूर्वखोला–२, जल्पाका वडा अध्यक्ष नीरबहादुर सारुले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस भेगका महिलाहरु खुशी बनेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)