Aamsanchar

बाढीको त्रास रोक्न अन्धुवा खोलाको सरसफाई

Author Image
शनिवार, वैशाख ८, २०७५

(गोपाल अधिकारी)
बिर्तामोड।

लामो समयदेखि अन्धुवा खोलामा आउने बाढीबाट पीडित बनेका बिर्तामोडबासीले यस वर्ष भने राहतको अनुभूति गर्न पाउने भएका छन् ।

प्रत्येक वर्ष वर्षायाममा अन्धुवा खोलामा आउने बाढीका कारण पीडित बनेका बिर्तामोडबासी बिर्तामोड नगरपालिकाले अन्धुवा खोला सरसफाई गरेसँगै राहतको अनुभूति गर्ने भएका हुन् । बिर्तामोड नगरपालिकाकाले अन्धुवा खोला बगेको बिर्तामोड वडा नं. १, ३, ४ र ५ का स्थानमा सरसफाई शुरु गरेको हो ।

त्यस्तै अर्जुनधारा नगरपालिकाले पनि अन्धुवा खोला बगेको स्थानमा सरसफाई शुरु गरेको बताइएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा अन्धुवा खोला बगेको स्थानमा एउटा स्काभेटर र एउटा भ्याकुको प्रयोग गरी आठ फुट सरसफाई गरी खोला गहिरो बनाएको बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले जानकारी दिए ।

अर्जुनधारा नगरपालिका वडा नं. ५ को सीमाना निरौला बस्तीबाट शुरु गरिएको अन्धुवा खोला सरसफाई अभियान विर्तामोड नगरपालिका पूर्व–पश्चिम राजमार्गको निर्माणाधीन पुलसम्म गरिने उनले जानकारी दिए ।

अन्धुवा खोला सरसफाई गर्दा कसैको क्षति वा हानी नपुर्याईकन खोला बगेको स्थानमात्र सरसफाई गरी आठ फुट गहिरो र २५ देखि ५० फुटसम्म चौडाइ पारिएको अन्धुवा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष वेदप्रकाश अग्रवालले जानकारी दिए ।

अन्धुवा खोलाको दुबैतर्फको भाग साघुँरिएको र खोलाले उचित निकास नपाउँदा बिर्तामोडबासीले वर्षेनि अन्धुवा खोलाको पीडा भोग्दै आउनु परेकोले यस वर्षदेखि त्यस्तो हुन नदिन अन्धुवा खोला सरसफाई गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)