Aamsanchar

तिम्रै मायाले

Author Image
सोमवार, साउन ३, २०७३

keshav a

[केशव आचार्य]

नशालु नजरले मताएर पगाल।
पग्लिन चाहान्छु तताएर पगाल।।
जानेका अनेकौ भावभङ्गी देखाउ,
सक्छयौ त हदै सताएर पगाल।।।

आखामा राग छ , अनुरागको कुरा नगर।
टल्कीरहेको दाग छ, बेदागको कुरा नगर।।
नाम बेचेर हाम्रो, बदनाम गर्दैछौ किन?
तिम्रो स्वार्थको लागि हाम्रो मागको कुरा नगर।।

पूरानो भो, मेरो उद्ध्यान बदल्छु।
पूरानै भएको रछ्यान बदल्छु।।
बचाइ राख्छु मेरो ग्यान र विवेक,
बरु म आफ्नै पहिचान बदल्छु।।।

रुन पाउ म तिम्रै मायाले।
बहुलाउ म तिम्रै मायाले।।
तर भन्नू नपरोस् कहिल्यै,
पछुताउ म तिम्रै मायाले।।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)