Aamsanchar

मानविय वेदना झल्काउने फोटो बन्यो फोटो अफ दि इयर घोषित

Author Image
शुक्रवार, असार २२, २०७५

आइएमइ ग्लोबल नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका ५ वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमइ ग्लोबल आइएमइ फोटो अफ दि इयर घोषित गरिएको हो।

त्यसैगरी दिपेन्द्र रोकाको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्न सफल भएको छ । त्यसैगरी आइएमइ डेली लाइफ विधामा सुनिता डंगेलले जित हात पारिन्। अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज उपाधि जिते भने श्रीराम खत्रीले नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफ उपाधि हात पारे ।

डिसहोम एक्सन स्पोर्टस् विधाको उपाधि प्रतीक रायमाझीले हात पार्न सफल भए भने नेप्टोस् फोटो स्टोरीमा मनिष पौडेल उत्कृष्ट भए।

बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी विजेताहरूलाई सम्मान गरिएको छ । आइएमइ फोटो अफ दि इयर उपाधि हात पारेका श्रेष्ठलाई १ लाख नगद पुरस्कारबाट सम्मान गरियो । त्यसैगरी प्रथम, द्वितीय र तृतिय हुनेले नगद क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसैबीच, यस वर्षको फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते बापतको रकम डुबानमा परी गत वर्ष ज्यान गुमाएका पाँच वर्षीय कमल सदाका परिवारलाई दिने घोषणा गरे।कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फोटो आफैंमा जीवन भएकाले यसको महत्त्व बढ्दै गएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)