Aamsanchar

सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली

Author Image
बुधवार, साउन २, २०७५

काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उहाँले भन्नुभयो, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।”

“संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित हुने छैन् ।

उहाँले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)