Aamsanchar

झापामा एम्बुलेन्स चालकले गरे बेइमानी

Author Image
बिहिवार, साउन ३, २०७५

दमक,

कमल गाँउपालिकास्थित झापाको केर्खा नजिक चुलाचुलीमोडमा नाटकीय रुपमा दुर्घटना भएको रहस्य खुलेको छ ।

पाँचथरबाट बिराटनगर बिरामी लिएर गइरहेको मे१च ९९२ नम्बरको एम्बुलेन्सले कमल ५ का देउमान राइलाइ ठक्कर दिएको र मृत्यु भएपछि नजिकै झाडिमा लगेर फ्याकेको पाईएको स्थानीयहरुले बताएकाछन् ।

मंगलवार बेलुका दुर्घटना भएको र एम्बुलेन्स बेबारिसे अवस्था रहेको देखेपछि सोधिखोजि गर्दा मानिसलाइ ठक्कर दिएर चालक भागेको पाईएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए । चालक सन्तोस पराजुली नियण्त्रणमा रहेको गिरीले जनाए ।

एम्बुलेन्स चालक शव लुकाएर फरार भएको र बिहान एम्बुलेन्स लिन आएको बताइन्छ । प्रहरीले पक्राउ गरेर बुझ्दा दुर्घटना गरेर भागेको पाईएपछि स्थानीयहरु आक्रोशितछन् ।-सवाल नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)