Aamsanchar

इलाम नगरपालिकामा डस्टबिन वितरण

Author Image
सोमवार, साउन ७, २०७५

इलाम।

इलाम नगरपालिकाभित्र रहेका सार्वजनिकस्थल र घरको फोहोर व्यवस्थापन गर्न सहुलियत मूल्यमा डस्टबिन वितरण गरिएको छ ।

इलाम नगरपालिका कार्यालय र हरित शान्ति अभियान इलामको साझेदारीमा डस्टबिन वितरण गरिएको हो । केही वर्षअघि नै इलामलाई हरितनगर घोषणा गरिएपनि फोहोर व्यवस्थापन नहुँदा नगरपालिकाभित्र चुनौती बढ्दै गएको थियो ।

सेवाग्राहीले डस्टबिन लिँदा दुईओटा लिनुपर्नेछ । एउटामा कुहिने र अर्काेमा नकुहिने फोहोर हाल्न डस्टबिन वितरण गरिएको हो । बजारमा प्रतिगोटा ७०० रुपैयाँ पर्ने डस्टबिन यस अभियानमार्फत् भने लागतको ३० प्रतिशत तिर्दैमा पाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)