Aamsanchar

सेड्रिना र अनुभवको बालापन कहाँ गयो ?

Author Image
आइतवार, साउन २०, २०७५

काठमाडौं  ।

ट्रेलर र गीतका कारण चर्चामा रहेको ‘नाईं नभन्नू ल ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ ।

ऋाफ्ना हरेक फिल्मबाट कलाकार तथा गायक गायिकालाई अवसर दिादै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका हुन् । छक्का पञ्जा ३ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई नाईं नभन्नू ल कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुावरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए ।

नयाा गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए । ऋनुभव र सेड्रिनाको नृत्य गरेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल आदिको अभिनय रहेको फिल्म भदौ ८ मा प्रदर्शन हुादैछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ । हेर्नुस् गीत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)