Aamsanchar

यमनमा हवाइ आक्रमण, २९ बालबालिकाको मृत्यु

Author Image
शुक्रवार, साउन २५, २०७५

एजेन्सी ।

यमनको विद्रोही नियन्त्रित उत्तरी सादा प्रान्तको दयान बजारमा साउदी गठबन्धनले गराएको हवाइ आक्रमणमा २९ बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १५ वर्षमुनिका बालबालिका छन्। आक्रमणमा ३० जना घाइते भएका छन्। सो क्षेत्रमा तत्काल मानविय आवश्यकताको खाँचो भएको रेडक्रसको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सडकमा गुडिरहेको बस लक्षित हवाइ आक्रमण भएको स्थानीय प्रशासनले जनाएको छ।

हुथीविरुद्धको लडाइँमा सरकारी सेनाको साथ दिइरहेको साउदी गठबन्धनले हुथी विरोधी कारबाही जारी राखेको छ। हुथीले गरेको सर्वसाधारणलक्षित आक्रमणको प्रतिकार गर्दा उनीहरूले ुब्यालेस्टिक मिसाइलु प्रहार गरेको स्थानीय प्रशासनले जनाएको छ।

हुथी विद्रोहीले बालबालिका, स्कुल, अस्पताल, बजार, आवासीय कुनै पनि क्षेत्रलक्षित आक्रमण तीन वर्षयता नगरेको दाबी गर्दै आएको छ। सन् २०१४ यतो सरकारविरोधी हिंसात्मक गतिविधि जारी राखेको हुथीको आक्रमणमा परी अहिलेसम्म १० हजार सर्वसाधारणले ज्यान गुमाएका छन्।–थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)